सभामुख चयन प्रक्रिया पुस ११ बाट थालिने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बसेपछि पुस ११ मा बस्ने भएको छ । सोही दिनबाट नयाँ सभामुख चयनको प्रक्रिया सुरु गरिने भएको छ ।
प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको आज दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो । प्रतिनिधि सभा सञ्चालन सम्बन्धी यावत निर्णय कार्यव्यवस्थाले गर्छ । यो समितिको सभापति सभामुख हुने भए पनि पद रिक्त भएका कारण उपसभामुखको अध्यक्षतामा बसेको हो ।
पुस ११ मा बस्ने कार्यव्यवस्था समितिले सभामुख चयन कहिले र कसरी गर्ने भन्ने तय गर्नेछ । आज कार्यव्यवस्थामा भएको सहमति अनुसार सो दिनको प्रतिनिधि सभा बैठकले निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि बढाउनेछ । यद्यपि, सोही दिन सभामुख चयन भने हुने छैन । सो दिनबाट सभामुखको चुनाव गर्ने प्रक्रिया सुरु गरिनेछ ।


प्रतिकृया दिनुहोस