• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

काेशीमा इस्राइल मन्सुरी मत विभाजनमा सहभागी भएपछि एमालेकाे विराेध

खबर स‌ंवाददाता

काठमाडाैं । काेशी प्रदेश सभाकाे अध्यक्षता गर्नुभएका नेपाली कांग्रेसका सांसद् इस्राइल मन्सुरी मत विभाजन प्रक्रियामा सहभागी भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विराेध गरेकाे छ ।

साेमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासकाे मत लिने प्रस्तावकाे मत विभाजनमा मन्सुरी सहभागी भएपछि एमालेले विराेध गरेकाे हाे ।

विश्वासकाे मत माग्ने प्रस्तावमा मतदान गर्न र मत सच्याउन दिइएकाे समय सकिएपछि अध्यक्ष मण्डलका सदस्य गीता तिमिल्सिनालाई सभामुखकाे आसनमा निम्त्याएर मन्सुरी मतदानमा सहभागी हुनुभयाे ।

त्यसपछि एमाले सांसद्हरु राेष्टम अगाडि उभिएर नाराबाजी गरेका थिए । उनीहरुले अध्यक्षले मत दिन पाइँदैन, संविधान मिच्न पाइँदैन भन्ने नारा लगाएका थिए ।

प्रतिकृया दिनुहोस