• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासकाे मत लिने

सनराइज खबर संवाददाता

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासकाे मत लिनुहुने भएकाे छ ।

भदाै ४ गते बस्ने काेशी प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।

भदौ ३ गते विश्वासको मत लिनेगरी ‍मुख्यमन्त्री थापाले शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गर्नुभएकाे थियाे । तर सभामुखको भूमिका निर्वाह गरिरहनुभएका उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा पेस गर्नेगरी तोक्नुभएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

सभामुख बाबुराम गाैतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउँदै थापा साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार थापाले प्रदेश सभामा विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।

एमालेका हिक्मत कार्कीले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि थापा पहिलोपटक असार २१ गते कोशीको मुख्यमन्त्री बनेका थियाे । सभामुखकाे हस्ताक्षर गराएर बहुमत पुर्‍याउँदै मुख्यमन्त्री नियुक्त हुनुभएका थापा सर्वाेच्च अदालतकाे आदेशले पदमुक्त हुनुभएकाे थियाे । सभामुखकाे हस्ताक्षर प्रयाेग गर्नु असंवैधानिक भएकाे ठहर गर्दै सर्वाेच्चले थापाकाे नियुक्ति बदर गरिदिएकाे थियाे ।

तर पछि थापाले सभामुख गाैतमलाई राजीनामा गराइ बहुमत पुर्‍याएर दाेस्राे पटक मुख्यमन्त्री बन्नुभयाे ।

प्रतिकृया दिनुहोस