• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

मनाइयो १३ औं संसद् सेवा दिवस

सनराइज खबर संवाददाता

काठमाडौं । शनिबार १३ औं संसद् सेवा दिवस मनाइएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा विशेष कार्यक्रमको आयोजना गरी सेवा दिवस मनाइएको हो । दिवसका अवशरमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संघीय सचिवालयका कर्मचारीहरुलाई आफुले पाएको जिम्मेवारी देशलाई केन्द्रमा राखेर गर्न आग्रह गरे ।

‘कुनै पनि पदमा बसिसकेपछि नुनको सोझो बन्नु भन्दा पनि देशका लागि काम गर्नुपर्छ । राज्यले जति सेवा सुविधा दिएको छ त्यती नै काम गर्छु भनेर हुँदैन । हामी देशको नागरिक हौँ जनप्रतिनिधि हौँ । त्यसकारण अझ बढी मिहेनत गर्नुपर्छ ।’–उनले भने ।

प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले सचिवालयका कर्मचारीहरुले गर्ने ढिलासुस्ती प्रति असन्तुष्टि व्यक्त गरिन् । उनले भनिन्– ‘सबै कर्मचारीहरुको काम राम्रो छ तर केही ढिलासुस्ती हुने गर्दछ त्यसलाई सुधार गर्नुप¥यो ।’

संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद सेवालाई विशिष्ट सेवाको रुपमा विकास गनु पर्ने बताए । त्यसकलागि अन्य देशहरुको अभ्यास र कामकारवाहीलाई अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको बताए । कर्मचारीलाई सक्षम बनाउन प्रशिक्षणका लागि सचिवालय भित्रै प्रभावकारी संयन्त्रको आवश्यकता रहेको उनको भनाई थियो ।

दिवसका अवशरमा संसद्का उत्कृष्ठ कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको छ । 

प्रतिकृया दिनुहोस