वाग्मती प्रदेश सरकारले ल्यायो ६२ अर्ब ७० करोड ९० लाखको बजेट (पूर्णपाठ)
काठमाडाैं । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०-८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँकाे बजेट ल्याएकाे छ ।
शुक्रबार बसेकाे प्रदेश सभा बैठकमा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले आगामी साे बजेट प्रस्तुत गर्नुभएकाे हाे । जसमा चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ बिनियोजन गरिएकाे छ ।
खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वतर्फ २५ अर्ब १७ करोड २६ लाख र अन्य राजस्वबाट ५ अर्ब २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख बेहोर्ने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादन १९ खर्ब ८१ अर्ब ३३ करोड रहने र आर्थिक वृद्धिदर १ दशमलव ८ प्रतिशत हुने अनुमान गरिएकाे मन्त्री लामाले बताउनुभयाे ।
हेर्नुस पूर्णपाठ:


प्रतिकृया दिनुहोस