राष्ट्रपतिद्वारा संसद् अधिवेशन आव्हान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् अधिवेशन आव्हान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४ का लागि अधिवेशन आव्हान गरेकी हुन् ।
संघीय संसदका दुवै सदनको बैठक ४ पुसकाे अपरान्ह ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।



प्रतिकृया दिनुहोस