अन्त्य भयाे कोशी प्रदेश सभाको चालु अधिवेशन
काठमाडाैं । काेशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएकाे छ ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुभएकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ । बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेकाे थियाे ।
अधिवेशन अन्त्य भएसँगै अध्यादेशमार्फत बजेट ल्याउने प्रदेश सरकारकाे तयारी रहेकाे बताइएकाे छ । बुधबार मात्रै प्रदेश सरकारले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रममा प्रदेश सभामा प्रस्तुत गरेकाे थियाे । असार १ गतेसम्म प्रदेश सरकारले प्रदेश सभामा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
नेकपा माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि काेशी प्रदेश सरकार अहिले अल्पमतमा छ ।


प्रतिकृया दिनुहोस