• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

बजार अनुगमन गर्न जुर्मुरायाे संसदीय उपसमिति

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । दैनिक उपभाेग्य सामग्रीहरुकाे मूल्य चर्काे रुपमा बढेकाे गुनासाेसँगै बजार अनुगमन गर्न स‌ंसदीय उमसमिति जुर्मुराएकाे छ । 

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कालोबजारी बढेको निष्कर्ष निकाल्दै बजार अनुगमन गर्न उपसमिति गठन गरेको छ । 

उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्न समिति सदस्य नरबहादुर धामीको संयोजकत्वमा सात सदस्यीय उपभोक्ता हित अनुगमन उपसमिति गठन गरेको हो ।

उपसमितिले दैनिक उपभोग्य वस्तुका साथै औषधी लागयतका वस्तुहरुमा भइरहेको कालोबजारी, मूल्यवृद्धि, कार्टेलिङ, सिन्डिकेट, गुणस्तर लगायतको अनुगमन गर्नेछ । उपसमितिले एक महिना भित्र बजार अनुगमन प्रतिवेदन बुझाउने छ । समितिमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, प्रकाश रसाईली, लालप्रसाद साँवा लिम्बु, सुजाता परियार सदस्य छन् ।

एकजना सदस्य संयोजकले तोक्न पाउने व्यवस्था समेत गरिएको छ । यसैबीच समितिले यसअघि बसेका बैठकमा नेपालको हवाई उडान, विमानस्थलमा रहेका समस्या समाधान, भ्रमण वर्ष २०२०को तयारी र वैदेशिक रोजगारीको क्रममा कुवेतमा अलपत्र परेका २१ जना कामदारहरुलाई नेपाल फर्काउन सम्बन्धित निकायहरुलाई निर्देशन समेत दिइसकेको छ ।
    
प्रतिकृया दिनुहोस