• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

संसदीय सुनुवाइ समितिले प्रधानमन्त्री देउवासँग छलफल गर्ने

सनराइज खबर संवाददाता

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको बुधबार बसेको बैठकले संसदीय सुनुवाइमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेकाे हाे । संवैधानिक निकायको नियुक्ति र राजदूत नियुक्तिलाई समावेशी तथा समानुपातिक बनाउनेबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय भएकाे समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयाे ।

प्रधानमन्त्री देउवासँग समय मिलाएर समितिको अर्काे बैठक बोलाउने जिम्मेवारी सभापति कर्णलाई दिइएको संसदीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयाे । समितिले यसअघि पनि संवैधानिक निकायमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउन सरकारलाई निर्देशन दिएको थियो । तर त्यसको कार्यान्वयन नभएपछि साे  विषयमा प्रधानमन्त्री देउवासँगै छलफल गर्ने निष्कर्षमा समितिमा पुगेको उहाँले बताउनुभयाे ।

बैठकमा समितिका सदस्यहरुले संविधानमा संवैधानिक निकाय र राजदुत नियुक्ति समावेशी र समानुपातिक हुने व्यवस्था गरिएपनि सरकारले सोही अनुसार गर्न नसकेको बताएका थिए ।

प्रतिकृया दिनुहोस