प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज दिनको १ बजे बस्ने तालिका रहेका छ । प्रतिनिधि सभाको आजको बैठकमा छलफल हुने कार्यसूची यस्तो रहेको छ ।
संलग्न सूचीमा रहेको अर्थ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यक्रम रहेको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्वतले 'औद्योगिक व्यवसाय विधेयक सम्बन्धी समितिको प्रतिवेदन' पेश गर्ने कार्यतालिका छ ।
यस्तै व्यवस्थापन कार्यतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले 'विकास समितिको प्रतिवेदन सहितको विज्ञापन (नियमन गर्ने) विधेयकमाथि छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने र 'विज्ञापन (नियमन गर्ने) विधेयकलाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, राष्ट्रिय सभाको आजको बैठकको कार्यसूची आनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले 'नेपाल मिडिया काउन्सिल
विधेयक' लाई सभा समक्ष पेश गर्ने छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त 'सेफगार्ड्स, एण्टी–डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयकमाथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त 'भूमि सम्बन्धी (आठौं संशोधन) विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त 'वातावरण संरक्षण विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।


प्रतिकृया दिनुहोस