'सामाजिक सञ्जालमा अराजकता भयाे, समवेदना हरायाे'
काठमाडौं । प्रसांसद खगराज अधिकारीले सामाजिक सञ्जालमा अराजकता फैलिएको र समवेदना हराएको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले सामाजिक सञ्जालमा अराजकता व्याप्त भएको र समवेदना हराएको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले भने - ‘सम्माननिय प्रधामन्त्री केपी शर्मा ओलीलाई स्वर्गवासको कामना गर्ने अपराधी मनोवृती देखिएको छ । त्यस्ता खेदजनक व्यवहार गर्नेप्रति घोर भ्रर्तसना र खेद प्रकट गर्छु र प्रधानमन्त्रीको सतायुको कामना गर्दछु ।’
अहिले डेंगुको प्रकोपले देशका प्रमुख सहरहरुलाई आक्रान्त पारिरहेको भन्दै उनले भने ‘ डेंगु एउटा लामखुट्टे हो, अहिले यस्को प्रोफाइल चेन्ज भएर पाल्पामा समेत देखिन थालेको छ । स्वास्थ्य मन्त्रालयले चलाएको अभियानले कुनै काम गरेको छैन । त्यसैले आवश्यक सजकता अपनाउदै देशभर डेंगु बिरुद्ध अभियान चलाउनु पर्छ ।'
उनले डेंगुबाट ग्रसित समुदायलाई सुरक्षित गराउने व्यवस्था गराउन सम्पूर्ण सम्यन्त्रहरु परिचालन गराउन पनि सरकारसँग आग्रह गरे ।


प्रतिकृया दिनुहोस