• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा विभिन्न विषयमा छलफल हुने कार्यसूची छ । 

यस्तो छ आजको बैठकको कार्यसूचीः

आजको बैठकमा सांसदहरुले अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालय सम्बन्धी प्रश्न सोध्ने र सम्बन्धीत मन्त्रीले उत्तर दिने कार्यसूची तय गरिएको छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “मदन भण्डारी विज्ञानतथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी अर्थमन्त्री डा युवराज खतिवडाले “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।

त्यस्तै, वन तथा वातावरण मन्त्री श्री शक्तिबहादुर बस्नेतले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको वन विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।  त्यस्तै उनले ‘वन विधेयक, २०७५ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस