प्रतिनिधि सभामा मम छोयला चर्चा
काठमाडौं । नेकपाका सांसद् विरोध खतिवडाले काठमाडौंको मःमसँग गासिएको एउटा रहस्य खोलेका छन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भने– ‘काठमाडौंमा ममचा छोइलाको अभाव छैन । गत चैतदेखि बीरगञ्ज भन्सारबाट एउटा पनि राँगाभैंसी आयात भएको छैन । त्यस अघि दस हजार राँगाभैंसी आउँथ्यो । एउटा राँगाभैंसीबाट आठ सय ५६ रुपैयाँ राजस्व पनि आउँथ्यो । आयात भएको छैन तर अभाव पनि छैन ।’
उनको निष्कर्ष थियो– चोरी बाटोबाट आइरहेको छ ।
त्यसैगरी संसद शान्तिमाया तामाड पाख्रिनले प्रदेश लोकसेवा आयोग गठन गर्न माग गरिन् । आदिबासी जनजाति, मुस्लिम, मधेशी अपाङग लगायतले शान्तिपूर्ण आन्दोलन गरिररहको महिनौं बितिसक्दा पनि सरकारले ध्यान नदिएको बताइन् ।


प्रतिकृया दिनुहोस