• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सनराइज खबर संवाददाता

काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक अहिले १ बजे बस्दै छ । 

आज बस्ने बैठकमा विभिन्न विषयमा छलफल हुने कार्यसूची छ । यस्तो छ आजको बैठको कार्यसूचीः

प्रश्नोत्तर कार्यक्रम अन्तर्गत आज सांसद्हरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोध्ने र सम्बन्धित मन्त्रीले तिनको उत्तर दिने कार्यसूची छ ।

यसैगरी, व्यवस्थापन कार्य शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यसैगरी कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले जीवनाशक विषादी व्यवस्थापन विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ समितिको प्रतिवेदनसहितको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।.

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमि सम्बन्धी संशोधन विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
 

प्रतिकृया दिनुहोस