समाजवादीका सांसद् सूर्यनारायणले फिर्ता लिए राजीनामा
काठमाडौं । २८ साउनमा पदबाट राजीनामा दिएका प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवले आइतबार राजीनामा फिर्ता लिएका छन् ।
आफ्नो स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका यादवलाई राजीनामा फिर्ता लिन पार्टीले चर्को दबाब दिएको थियो ।
समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले दिएको जानकारी अनुसार सूर्यनारायणलाई पार्टीकै पहलमा राजीनामा फिर्ता लिन लगाइएको हो ।
तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट सप्तरीको क्षेत्र नम्बर १ बाट विजयी सूर्यनारायण पेसाले चिकित्सक हुन् ।


प्रतिकृया दिनुहोस