• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

बुधबारदेखि सांसद्लाई काेराेनाविरूद्धकाे खाेप लगाइने

सनराइज खबर संवाददाता

काठमाडौं । संघीय संसद्काे दुबै सदनका सांसद्हरूलाई बुधबारदेखि काेराेनाविरूद्धकाे खाेप लगाइने भएकाे छ ।

राष्ट्रिय सभा  र प्रतिनिधि सभाका सांसद्हरूलाई बुधबारदेखि खाेप लगाइने व्यवस्था मिलाइएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्काे सिफारिस फागुन २३ का लागि प्रतिनिधि सभा बैठक आव्हान गर्नुभएकाे छ ।

बैठकमा सहभागी हुनुअघि नै सबै सांसद्हरूले खाेप अनिवार्य लगाउनुपर्ने नियम बनाइएकाे संसद् सचिवालयले जनाएकाे छ । संसद भवन नजिककै रहेको नेपाल निजामती अस्पतालमा बुधबार नै संसद् सचिवालयका कर्मचारी, मर्यादापालक र सांसद् तथा मन्त्रीका अंगरक्षक सहितलाई समेत खोप लगाइनेछ । 
 

प्रतिकृया दिनुहोस