न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम अनुमोदन
काठमाडौं । संसदीय सुनुवाई समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ ।
समितिको शुक्रबार बसेको बैठकले श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभएकाे छ ।
अनुमोदनसँगै श्रेष्ठलाई ४ वर्ष परिषद् सदस्य बन्ने बाटो खुलेको छ । सुनुवाइका क्रममा सांसद्हरुले साेधेका प्रश्नकाे श्रेष्ठले जवाफ दिनुभएकाे थियाे । उहाँले आफ्नो कार्ययोजना समेत समितिमा प्रस्तुत गर्नुभएकाे थियाे ।
नेपाल बार एसोसिएसको कात्तिक २२ मा बसेको बैठकले न्याय परिषद् सलस्यका लागि श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
बारबाट सिफारिस रामप्रसाद सिटौलाले गत असोजमा अवकाश पाएपछि बारका तर्फबाट प्रतिनिधित्व हुने सदस्यको पद रिक्त थियो । अब प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सपथ खुवाएपछि श्रेष्ठले जिम्मेवारी सम्हाल्नुहुनेछ ।


प्रतिकृया दिनुहोस