• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

कालोबजारी अनुगमन गर्न बनाइयाे संसदीय उपसमिति

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभाकाे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपसमिति बनाएकाे छ ।

आइतबार बसेको समितिको बैठकले  चाडपर्वमा हुन सक्ने कालोबजारी र महँगीबारे अनुगमन गर्न  ५ सदस्यीय उपसमिति गठन गरेकाे हाे । 

उपसमितिमा नेकपाका सांसद् पार्वती रावल (दिलकुमारी) र मायादेवी न्यौपाने तथा कांग्रेसका प्रकाश रसाईली (स्नेही) र सुजाता परीयार सदस्य छन् । एक जना सदस्य रिक्त छाडिएकाे छ ।

चाडपर्वका बेला हुनसक्ने महँगी र कालोबजारीका विषयमा स्थलगत अनुगमन र अनुसन्धान गर्ने जिम्मा उपसमितिले पाएकाे सांसद् दिलकुमारीले बताउनुभयाे । उहाँका अनुसार उपसमिति स्थलगत अनुगमनसँगै सराेकारवालाहरूसँग छलफल गरेर सम्बन्धी निकायकाे ध्यानाकर्षण गराउनेछ ।

चाडबाडका बेला महँगी बढ्ने गरेकाे छ । जसका कारण उपभाेक्ता मारमा पर्ने गरेका छन् । 


 

 

प्रतिकृया दिनुहोस