• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

तीन राजदूतको नाम संसदीय समितिबाट अनुमोदन

सनराइज खबर संवाददाता

काठमाडौं । सरकारले सिफारिस गरेका तीन जना राजदूतको नाम संसदीय सुनुवाइ विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

बिहीबार बसेको समितिकाे बैठकले बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको नाम अनुमोदन गरेको हो ।

भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरूकाे नाम सिफारिस गरेकाे थियाे । राजभण्डारी, अधिकारी र खड्का परराष्ट्र मन्त्रालयका सहसचिव हुनुहुन्छ ।

उहाँहरूलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्नुहुनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

प्रतिकृया दिनुहोस