• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सरकारले २ जेठमा नीति तथा कार्यक्रम ल्‍याउने

सनराइज खबर संवाददाता

काठमाडौं । कोरोनाविरुद्ध लडिरहेको सरकारमाथि आर्थिक चुनौतीका थुप्रै चाङ छन् ।

सरकारले आर्थिक वर्ष ०७७–०७८ का लागि आगामी २ जेठमा नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

नीति तथा कार्यक्रम ल्याउँन ससंघीय संसद्को बर्खे अर्थात बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । काेराेना त्रासबीच सुरु हुन लागेकाे सदन बैठकका लागि  साेही अनुसार भाैतिक व्यवस्थान गरिएकाे छ । सांसद्हरुलाई अलग अलग राख्‍ने व्यवस्था मिलाइएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठमा संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य सूची तय भएकाे संसद् सचिवालयले जनाएकाे छ ।

त्यसअघि वैशाख २८ र २९ गते आगामी आर्थिक वर्षको बजेटमाथि राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्री-बजेट छलफल सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रमपछि सरकारले बजेटको तयारी थाल्ने स‌ंघीय संसद‍् सचिवालयले जनाएकाे छ । आर्थिक वर्ष ०७७-०७८ को बजेट जेठ १५ मा राष्ट्रपति भण्डारीले प्रस्तुत गर्ने कार्यसूची छ । संवैधानिक प्रावधान अनुसार १५ जेठमा बजेट ल्याउनुपर्छ  ।

कोरोनाले प्रभावित अर्थतन्त्रलाई ध्यान दिँदै बजेट ल्याउने तयारी गरिएकाे छ ।


 

प्रतिकृया दिनुहोस