राजेश ओलीसहित युवाहरूको सक्रियता, पीडितलाई राहत वितरण
सल्यान — जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१०, खानिगाउँमा मिति २०८३ साल बैशाख ७ गते भएको आगलागीबाट ४ वटा घर र १ वटा गोठ जलेर नष्ट हुँदा स्थानीय बासिन्दाले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ।
उक्त विपद्को घडीमा सल्यानका युवाहरू अग्रसर भई पीडित परिवारहरूलाई राहत वितरण गरेका छन्। राजेश ओली लगायतका युवाहरूको सक्रियतामा संगठित रूपमा राहत संकलन तथा वितरण कार्य सम्पन्न गरिएको हो। उनीहरूले आगलागीबाट प्रभावित परिवारहरूको पीडामा केही भए पनि राहत पुगोस भन्ने उद्देश्यले खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराएका छन्।
राहत संकलन अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरू प्रति युवाहरूले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै, उनीहरूले वडा कार्यालय, नगरपालिका तथा सम्बन्धित सरकारी निकायहरूलाई आगलागी पीडित परिवारहरूको पुनःस्थापना तथा थप राहत सहयोगका लागि विशेष पहल गर्न आग्रह गरेका छन्।
स्थानीय स्तरमा देखिएको युवाहरूको यो सक्रियता र मानवीय सहयोगप्रति सरोकारवालाहरूले प्रशंसा गरेका छन्। विपद्को समयमा सामूहिक सहकार्य र सहयोगले पीडितहरूको दुःख कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।


प्रतिकृया दिनुहोस