मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन स्थगित
काठमाडाैं । संघीय संसद्को दुवै सदनको अधिवेशन हाललाई स्थगित गरिएको छ।
मन्त्रिपरिषद्को पछिल्लो सिफारिसका आधारमा राष्टपति रामचन्द्र पौडेल ले संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन स्थगित गर्नुभएको हो। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार विशेष कारणवश अधिवेशन आह्वान स्थगित गरिएको जानकारी दिइएको छ।
यसअघि मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सिंहदरबार स्थित संघीय संसद भवनमा दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो।
तर, मन्त्रिपरिषद्को वैशाख १० गतेको नयाँ सिफारिसअनुसार उक्त अधिवेशन हाललाई स्थगित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
सरकारले अधिवेशन स्थगित गर्नुको कारण स्पष्ट रूपमा खुलाएको छैन, तर “विशेष कारणवश” निर्णय लिइएको जनाइएको छ।


प्रतिकृया दिनुहोस