दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित
राजेन्द्र विश्वकर्मा, नेपाल न्यूज बैंक
सर्लाही । पछिल्लो समय सर्लाही जिल्लामा आत्महत्याका घटनामा उल्लेख्य वृद्धि देखिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पछिल्ला दुई महिनामा ३३ जनाले आत्महत्या गरेका छन् ।
प्रहरी तथ्यांकअनुसार चैत महिनामा मात्रै १८ जनाले आत्महत्या गरेका छन, जसमा ६ जना बालिका, ७ जना महिला र ५ जना पुरुष रहेका छन् । यसअघि फागुन महिनामा १५ जनाले आत्महत्या गरेका थिए ।
आत्महत्या गर्नेहरूमध्ये १६ वर्षमुनिका बालबालिकासमेत रहेको प्रहरीले जनाएको छ, जसले घटनाको गम्भीरता थप बढाएको छ । अधिकांश घटनामा झुण्डिएर आत्महत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
लगातार बढ्दो घटनाले जिल्लामा मानसिक स्वास्थ्य समस्या, पारिवारिक तनाव तथा सामाजिक दबाबजस्ता विषय गम्भीर चुनौतीका रूपमा देखिएका छन्। स्थानीयवासी तथा सरोकारवाला निकायले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
विशेषज्ञहरूका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, परामर्श सेवा विस्तार तथा समुदायस्तरमा सहयोगी वातावरण निर्माण गर्न सके यस्तो घटनामा कमी ल्याउन सकिने बताइएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
तिलगङ्गा क्षेत्रका बासिन्दा पशुपति क्षेत्र विकास कोषविरुद्ध धर्नामा बस्ने
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
७–८ वर्षदेखि पोल र ट्रान्सफर्मर मात्रै, घरमा अझै पुगेन बिजुली
-
सरकारसँग आक्रोशित कीर्तिपुरवासी : बेपत्ताको अवस्था तत्काल सार्वजनिक गर्न माग


प्रतिकृया दिनुहोस