शिवसताक्षीमा दुई दिने करियर काउन्सिलिङ कार्यक्रम सुरु
झापा — शिवसताक्षी नगरपालिकाको आयोजनामा तथा रुपान्तरण नेपालको प्राविधिक सहयोगमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी लक्षित दुई दिने करियर काउन्सिलिङ कार्यक्रम सुरु भएको छ।
आज मिति २०८३ साल वैशाख ३ गतेदेखि राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, दुधेमा सुरु भएको उक्त कार्यक्रम नगर प्रमुख मेघाहाङ थोप्रा (रोसन) को प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका शिक्षा अधिकृत छबि ढकाल, विद्यालयका शिक्षक प्रतिनिधिहरु तथा रुपान्तरण नेपालका अध्यक्ष अभिषेक मिश्रसहित प्रतिनिधिहरु चन्दा सिटौला र प्रकाश भेटवालको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रशिक्षण विवेक सिवाकोटीले प्रदान गर्नुभएको थियो। विद्यार्थीहरुलाई आफ्नो रुचि, क्षमता र भविष्यको लक्ष्यअनुसार सही करियर छनोट गर्न मार्गदर्शन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम भोलि वैशाख ४ गते सम्पन्न हुने छ।


प्रतिकृया दिनुहोस