• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

देउवाको गृहजिल्ला पुगेर ओलीले भने— ‘डडेलधुरा विकासमा पछि पर्नु लाजमर्दो’

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाको गृहजिल्ला पुगेर भनेका छन्— ‘अब डडेलधुरावासीले विकासको चिन्ता लिनुपर्दैन, यो जिल्लाको विकास गर्ने जिम्मा मेरो भयो ।’

प्रधानमन्त्री ओलीले भने— ‘तपाईहरुको आवश्यकता केके छन्, माननीयहरु मार्फत पठाउनुहोस । पुरा गर्ने जिम्मा मेरो भयो ।’

डडेलधुरा जिल्लाबाट माननीय अर्थात् सांसद देउवा स्वयं पनि छन् ।

डडेलधुराको स्याउलेमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने— ‘डडेलधुरा विकासमा पछि पर्नु लाजमर्दो कुरा हो । अब सिंगै सुदूरपश्चिम अगाडी बढ्नेछ । विकसित हुनेछ ।’

प्रधानमन्त्रीकाे सचिवालयका अनुसार स्याउलेमा प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणको १२३÷३३÷११ केभी सवस्टेसनको उद्घाटन गर्दै भने— ‘पश्चिम सेती जलविद्युत परियोजना निर्माण हुनेछ । म प्रधानमन्त्री हुँदाहुँदै पश्चिम सेती निर्माण हुन्छ ।’

महाकाली नदीमा रहेका तुइन एकतर्फी रुपमा विस्थापन गर्न समस्या भएको जानकारी दिँदै यस विषयमा भारतको उतराखण्डका मुख्यमन्त्री र प्रदेश प्रमुखसँग छलफल गरेको जानकारी दिए ।

‘अब पनि तुइनमा झुण्डिएर, टायरमा चढेर नदी तर्ने कुरा हुँदैन । तुइनलाई झोलुंगे पुल, पक्की पुल र केवलकारले बिस्थापन गरिनेछ’— ओलीको भनाइ थियो ।

प्रतिकृया दिनुहोस