एमालेमा अनुशासन देखियो, धन्यवाद केपी शर्मा ओली
—गोपाल ओली
काठमाडौं। अनुशासन भन्नासाथ मलाई सबैभन्दा पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुहार र भनाइ याद आउँछ। उहाँसँगको प्रत्येक भेटमा मैले अनुशासन सिक्ने मौका पाएको छु। उहाँको भाषणमा पनि अनुशासनको कुरा बारम्बार आउँछ। शंकर पोखरेल पनि अनुशासित नेता हुनुहुन्छ। उहाँसँग पनि मैले धेरै अनुशासनको पाठ सिकेको छु। उहाँको भाषणमा पनि अनुशासनको कुरा धेरै आउँछ। म पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिवको भाषण प्रायः कहिल्यै छुटाउँदिन, किनकि मैले उहाँहरूको भाषणबाट राजनीतिक गतिविधिसँगै जीवनमा उपयोगी हुने कुराहरू पनि सिकेको छु।
अनुशासनको कुरा गर्दा मैले छुटाउनै नहुने अर्को नाम हो नेकपा एमाले केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाको। हो, अनुशासनको चर्चा गर्दा मैले उहाँको नाम छुटाउँदिन। मैले उहाँले सामाजिक संजालमा राखेका भिडियोहरू धेरै पटक हेर्ने गरेको छु। मैले उहाँका भिडियोहरू निकै ध्यानपूर्वक सुन्ने गरेको छु। उहाँका हरेक शब्दमा अनुशासन झल्किन्छ। अनि सम्झन्छु, वास्तवमा एमालेको अनुशासनको अर्को रूप हो।
अहिले एमालेले ११औं महाधिवेशनको लागि प्रतिनिधि टुंग्याएको छ। एमालेले आफ्नो प्रतिनिधि निकै अनुशासित ढंगले, नियममा बसेर टुंग्याएको छ। केही स्थानमा चुनाव भए पनि अधिकांश स्थानमा सर्वसम्मतिले प्रतिनिधि चयन गरिएको छ। कतै विद्रोहको ठूलो आवाज उठे पनि, यो प्रतिनिधि चयनमा पनि एमालेले देखाएको अनुशासन वास्तवमै हाम्रो देशका अन्य पार्टीहरूको लागि प्रेरणाको सन्देश हो।
अहिले एमालेको अभिभावक पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ। उहाँको नेतृत्वमा पार्टी चलिरहेको छ। अघिल्लो महाधिवेशनको कुरा होस् या अहिलेको विधान अधिवेशनको कुरा, अहिलेको प्रतिनिधि चयन पनि निकै अनुशासित ढंगले सम्पन्न भएको छ। त्यो हामीले देखेका छौँ र बुझेका छौँ।
देशमा मियो केपी ओली
नेपालमा ०७२ सालमा संविधान जारी भएपछि नेकपा एमालेको सरकार बनेको थियो। प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओली हुनुहुन्थ्यो। हो, त्यही बेला देखि नेपालमा विकासले कायाकल्प गरेको थियो। नेपालको नाम विश्वको कुनाकन्दरासम्म गुँजिएको थियो। अर्थात्, त्यही बेला नेपालले हरेक क्षेत्रमा आफू सक्षम छ भनेर प्रमाणित गर्न भ्याएको थियो। यसको श्रेय केपी शर्मा ओलीलाई जान्छ। त्यति मात्र होइन, संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको सामना पनि उहाँले गरेका थिए। त्यतिबेला तत्कालीन प्रधानमन्त्रीले हरेक नेपालीमा राष्ट्रियता झल्काउने काम गरेका थिए। भारत भ्रमण होस् या चीन भ्रमण, दुबै देशको भ्रमणमा नेपालको हितको विषयमा सम्झौता गरिएको थियो। केपी शर्मा ओलीले नै नेपालको गुमेको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेको थियो। देशमा भएका अस्थिरता मचाउने तत्वलाई मुलधारको राजनीतिमा ल्याउने काम पनि उहाँले गरेका थिए।
चीन जाँदा होस् या भारत जाँदा, अमेरिका जाँदा या अन्य देश जाँदा, नेपालले आफ्नो हितको विषयमा केपी शर्मा ओलीको नाम गर्वका साथ उच्चारण गरेको छ। नेपालमा भएका तुइनलाई विस्तार गरेर पक्की पुल र झुलुङ्गे पुलको युगमा नेपाललाई पुर्याउने नेता केपी शर्मा ओली नै हुन्। नेपालको हरेक पालिकामा सुविधा सम्पन्न अस्पतालको सिलान्यास गर्ने प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हुन्।
इन्भर्टरको युगबाट लोडसेटिङ मुक्त देश बनाउने नेता पनि केपी शर्मा ओली नै हुन्।
अर्थात, नेपालमा अनुशासनमा बसेर देशको विकासको खाका कोर्ने र व्यवहारमा पनि उत्तार्ने नेता केपी शर्मा ओली नै हुन्।


प्रतिकृया दिनुहोस