• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एक गाउँ एक प्राविधिक कार्यक्रम अलपत्र : दरवन्दी बाहेकका प्राविधिकहरूलाई हटाउने निर्णयले ग्रामीण सेवा प्रभावित हुने चिन्ता

समाचार

समाचार

काठमाडौँ । नेपाल प्याराभेटेरिनरी एण्ड लाईभस्टक एशोसिएशनले एक गाउँ एक प्राविधिक व्यवस्थापनु कार्यक्रमअन्तर्गत कार्यरत कृषि तथा पशुसेवा प्राविधिकहरूको निरन्तरताका लागि आवश्यक व्यवस्थापन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग आग्रह गरेको छ।

एशोसिएशनका अध्यक्ष राम प्रसाद मेहता ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवलाई सम्बोधन गरी पठाएको पत्रमा, मन्त्रालयको स्वीकृत कार्यक्रमअन्तर्गत स्थानीय तहहरूलाई सशर्त अनुदान कार्यक्रम बमोजिम एक दशकभन्दा बढी समयदेखि दुर्गम र ग्रामीण क्षेत्रमा कृषि र पशु सेवा प्रवाह गरिरहेका प्राविधिकहरूको रोजगारी निरन्तरता मा जोड दिइएको छ।
पत्रमा भनिएको छ नेपाल सरकारको निर्णय र अर्थ मन्त्रालयको परिपत्र बमोजिम स्वीकृत दरबन्दी बाहेकका करारर/अस्थायी तथा ज्यालादारीमा कर्मचारी राख्न नपाउने निर्णय कार्यान्वयन सम्बन्धमा परिपत्रहरू जारी भएपछि

कतिपय पालिकामा कार्यरत 'एक गाउँ एक प्राविधिक' को समेत सम्झौता नवीकरण नभएको जानकारी प्राप्त भएको छ।
यस विषयलाई गम्भीरतापूर्वक लिँदै, एशोसिएशनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वीकृत सशर्त अनुदान कार्यक्रममा कार्यरत कृषि/पशु सेवा प्राविधिकहरूको निरन्तरताका लागि स्थानीय तहहरूलाई परिपत्र गरि आवश्यक व्यवस्थापन मिलाउन अनुरोध गरेको छ।

 

प्रतिकृया दिनुहोस