• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बैंकहरूले ग्राहकमाथि  अक्षम्य अपराध गर्दा पनि नियमन गर्ने निकाय मौन, बैंकहरू कहिल्यै सुध्रिने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । बैंकका कुनै ग्राहकले बैंकमाथि अपराध गर्यो भने बैंकले तुरुन्त कारवाहीको प्रक्रिया अपनाउँछ । ग्राहकले सकिनसकी कारवाही व्यहोर्छ । तर बैंकले ग्राहकमाथि अपराध गरेको कसले देख्छ ?


खुलेआम बैंकले ग्राहकमाथि अपराध गर्दा न कसैले त्यसको वास्ता गर्छ, न त कारवाही गर्ने निकाय नै अग्रसर भएर कारवाही गर्छ ।

प्रसंग हो भाइटीकाको दिनको । भाइटीकाको दिनमा काठमाडौंका अधिकांश बैंकका एटिएममा रुपैयाँ सकिएको थियो । केहीले ‘काम गर्दैन’ भनेर एटिएमले नै भनिरहेको थियो ।

हजारौंको संख्यामा ग्राहक रित्तो हात लिएर फर्किएका थिए । बैंकका एक उच्च पदस्थ कर्मचारीका अनुसार यसरी बैंकको एटिएममा रुपैयाँ नहुनु र ग्राहकले धोका पाउनु भनेको अत्यन्तै भयानक अपराध हो । नेपालमा यस्तो अपराध व्यापक हुन्छ, तर सम्बन्धित निकायको कुनै पनि ध्यान जान्दैन ।

भाइटीकाको दिन काठमाडौंको पेप्सीकोलामा रहेका अधिकांश बैंकका एटिएमबाट रुपैयाँ निस्केन । कुनै एटिएमले ‘रुपैयाँ छैन’ भनेर भन्यो भने कुनैले ‘सिस्टम बिग्रेको’ भनेको थियो । हजारौ‌को संख्यामा ग्राहकले धोका पाएका थिए ।

पेप्सीकोलामा रहेको एनआसी बैंक, कुमारी बैंक, नविल बैंक, एनआईएमबी बैंक, सिद्धार्थ बैंकलगायतका बैंकहरूले आफ्नो एटिएममार्फत ग्राहकहरूलाई धोका दिएका थिए ।

पेप्सीकोलामा रहेको एनआईसी बैंकको एटिएमले काम नगरेको, कुमारी बैंकको एटिएम बन्द, ग्लोबल आइएमई बैंकका दुईवटै एटिएम बन्द, सिद्धार्थ र नविलले पनि काम नगरेका पाइएको हो ।

नाम नबताउने सर्तमा बैंकका एक उच्च पदस्थ कर्मचारीका अनुसार, यसरी बैंकले आफ्ना ग्राहकलाई धोका दिनु भनेको अक्षम्य अपराध हो । यसको छानबिन पनि हुनुपर्ने हो ।

उहाँका अनुसार बैंकले ग्राहकमाथि गरेको यो व्यवहार अक्षम्य व्यवहार हो । यो सरकार–बैंकको ठगी धन्दा हो । यस्तो केसमा बैंक ठगीको भागीदार हुन्छ ।

तिहारको बेला एनआईसी बैंकको मुलपानीमा रहेको एटिएम पनि बन्द नै थियो । त्यहाँ पनि ग्राहक रित्तो मन र रित्तो हात लिएर फर्केका थिए ।

जानकारहरूका अनुसार, नेपालमा नाम चलेका बैंकहरूले ग्राहकलाई यसरी धोका दिन्छन् भने उनीहरू सजायका भागीदार पनि हुन् ।

 'जसरी बैंकले ग्राहकलाई धोका दिँदा ग्राहक सजायको भागीदार बन्छ, त्यसैगरी बैंकलाई पनि सजायको भागीदार अवश्य बनाउनु पर्ने' कुरा जानाकारहरु बताउँछन् । 

प्रतिकृया दिनुहोस