• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रधानमन्त्री भएकोे एक महिना नबित्दै फ्रान्सका प्रधानमन्त्रीद्धारा राजीनामा

समाचार

समाचार

काठमाडौँ । २६ दिनअघि मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका फ्रान्सका नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले राजीनामा दिएका छन् । 
सोमबार राष्ट्रपति इमानुएल म्याक्रोंले नवनियुक्त प्रधानमन्त्री लेकोर्नुको राजीनामा स्वीकार गरेका छन् ।

सेबास्टियन लेकोनले आइतबार मात्रै मन्त्रिपरिषद्को घोषणा गरेका थिए । नयाँ मन्त्रिपरिषद् गठन भएपछि देशभर राजनीतिक असन्तोष बढेको थियो । पुरानै व्यक्ति मन्त्रीमा दोहोरिएको भन्दै प्रधनमन्त्रीको आलोचना भएको थियो ।

सोमबार मन्त्रिपरिषद्को पहिलो बैठकको तयारी भइरहेका बेला लेकोर्नुले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । 
प्रधानमन्त्रीका रूपमा काम गर्न असहयोग भएका कारण राजीनामा दिएको उनले बताएका छन् 

अप्रत्याशित रूपमा आएको राजीनामाले फ्रान्सको अस्थिर राजनीतिक वातावरणलाई झन् गहिरो बनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ भने  लेकोर्नुका समर्थक र विरोधी दुवैले नयाँ सरकारलाई अविश्वास प्रस्तावमार्फत गिराउने चेतावनी दिएका थिए ।

लेकोर्नुको राजीनामापछि नेसनल ¥याली पार्टीले राष्ट्रपति इमानुयल म्याक्रोंलाई तुरुन्तै नयाँ संसदीय चुनाव आह्वान गर्न दबाब दिएको छ । र फ्रान्स अनबाउन्ड पार्टीले राष्ट्रपति म्याक्रोंको राजीनामा माग गरेका छन् । 
 

प्रतिकृया दिनुहोस