जेनजी आन्दोलनका भाइरल युवा आमाको हत्या अभियाेगमा पक्राउ
काठमाडौं । जेनजी आन्दोलनमा संसद भवन अगाडि प्रहरीलाई थर्काउने एक युवा आमाको हत्याको अभियाेगमा पक्राउ परेका छन्।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले धारिलो हरियार खोडाको प्रयोग गरी ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन्।
हत्याको पुष्टि भएपछि सोही आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुर कँडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले सनराइज खबरलाई बताएको छ।
जेनजी आन्दोलनमा प्रहरीलाई थर्काउँदै गरेपछि उनी निकै भाइरल भएका थिए।
उनले प्रहरीलाई यस्तो भनेका थिए ।
‘महिनामा ६० हजार देखि एक लाखसम्म कमाउने युवा हो तर पनि मलाई कहिलै पनि चैनको निद्रा लाग्दैन । मेरो साथि भाईहरु कतिलाई थाह छ मैले देशको बारेमा कति सहन्छु । सर मेरो आँखामा डर छ ? मैले भनिराको छु म जान्न । ठोक्नुस् न मेरो छातीमा गोली ठोक्नुस् । मैले भनिराछु त मेरो आँखामा डर छ ? एक इन्च डर छ मेरो आँखामा ? डर छ सर ? के गर्न सक्नुहुन्छ गोली ठोक्ने हो । यो देशको बारेमा सोच्नुपरेन । मेरो आत्मा भगवानले लानुहुन्छ । अहिले म देशको चिन्ताले सताएर सुत्नै सक्दिन । देशमा जनताको आवाजलाई दवाउन पाउनुहुन्न तपाईहरुले । म वान म्यान आर्मी हो । भारतीय र अमेरिकी पुजीँवाद दलाल र यो देशका दलालसँग एक्लै लड्न सक्ने क्यापिसीटी छ मसँग। त्यही भएर सर तपाईहरु पनि बेलैमा जनताका लागि सोच्नुस् । देशको लागि सोच्नुस । आमाको लागि सोच्नुस । आफ्नो दाजूईको लागि सोच्नुस । ’


प्रतिकृया दिनुहोस