• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नेपाल प्रहरीका चार डिआइजी एआईजीमा बढुवा सिफारिस

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता


काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ ।

    गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डिआइजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।

    बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार चार डिआइजीलाई एआइजीमा बढुवा गरिएको  हाे । 

प्रतिकृया दिनुहोस