• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने, १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता


काठमाडौं । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । 


प्रधानमन्त्री सुशीला कार्कीले मृतकहरुलाई शहीद घोषणा गर्ने र  १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिनुभयो । 
साथै उहाँको अनुसार घाइतेहरुको  निशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिनुभएको छ । 


उहाँले भन्नुभयो ,‘मृतक व्यक्तिलाई शहीद घोषणा गर्ने र १० लाख उपलब्ध गराउने निर्णय भएको छ र घाईतेहरुको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशुल्क उपचारको व्यस्था गर्ने पनि निर्णय भएको जानकारी गराउँछु ।’ 


त्यस्तै उहाँले प्रदर्शनकारीबाट ५९ जना ,कैदीबन्दी १० र सुरक्षाकर्मी तीन जनागरी जम्मा ७२ जनाको मृत्यु भएको सरकारी डाटा रहेको पनि जानकारी दिनुभयो  । 
 

प्रतिकृया दिनुहोस