नेकपा सांसद भन्छन्– ‘कांग्रेसलाई गायक पशुपतिले रक्षा गरुन्’
काठमाडौं । कांग्रेस सांसद अमरेश सिंहले प्रतिनिधि सभा वैठकमा पशुपति शर्माको ‘लुट’ गीत गाए भने एक महिनाको थप तलब पाउने छन् । उनले सो तलब नेकपाका सांसद झपट बहादुर रावलबाट पाउने भएका हुन् ।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा कांग्रेस सांसद सिंहले विवादास्पद गायक पशुपति शर्मालाई आफ्नो तलबबाट २५ हजार रुपैयाँ पुरस्कार दिने भनेका थिए । उनलाई जवाफ दिँदै रावलले यहिँ ‘लुट’ गीत गाएमा अमरेशलाई आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका हुन् ।
रावलले भने– ‘पशुपतिले त्यस्तो गीत किन बनाए भन्ने रहस्य बाहिर आएको छ । एकजना प्रतिपक्षी सांसदले पशुपति शर्मालाई पुरस्कार दिन्छु भनेपछि रहस्य बाहिर आएको छ ।’
झपट रावलले सरकारलाई राक्षस र कुकुर भन्दै गीत बनाइएकोमा आपत्ति जनाए ।
‘भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षीलाई गायक पशुपतिले रक्षा गरुन्’– रावलले भने ।


प्रतिकृया दिनुहोस