प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन : तीन दिनभित्र मल आपूर्ति र उत्पादन सुधारको ठाेस योजना ल्याउन आदेश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन तथा उत्पादनवृद्धि सम्बन्धी विषयमा सिंहदरबारमा आयोजित उच्चस्तरीय छलफलपछि सम्बद्ध मन्त्रालय र निकायहरूलाई तीन दिनभित्र कार्ययोजना पेस गर्न निर्देशन दिनुभएकाे छ ।
कृषि तथा उद्योग मन्त्रीसहितका सम्बन्धित उच्च अधिकारीहरूसँगको गहन छलफलपछि प्रधानमन्त्रीले तीन बुँदे निर्देशन जारी गर्नुभएकाे हाे । निर्देशन अनुसार, मल आपूर्ति, कम्पोस्ट र अर्ग्यानिक मल प्रवर्द्धन तथा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययनलाई प्राथमिकतामा राखिएको छ।
प्रधानमन्त्रीको निर्देशन यस्ता छन्:
१. रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठाेस योजना ल्याउनुस् ।
२. कम्पाेष्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउनुस् ।
३. माटाेकाे उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनुस् ।


प्रतिकृया दिनुहोस