• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

सनराइज खबर

सनराइज खबर

तुर्कमेनिस्तान । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

उहाँ भर्खरै तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गर्नुभयो । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः५ बजे नेपाल आइपुग्नुहुने कार्यक्रम रहेकोे छ ।

-रासस

प्रतिकृया दिनुहोस