• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नेपाल प्रहरीमा दुई एसएसपीको सरुवा, ११को पदस्थापन

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौँ । नेपाल प्रहरीका दुई जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ भने बढुवा भएका ११ जना एसएसपीलाई पदस्थापन गरिएको छ । 
गण्डकी प्रदेशमा कार्यरत कृष्णबहादुर पल्लीमगरलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ भने  प्रदेश प्रहरी कार्यालय बागमतीका कार्यरत सञ्जय सिंह थापालाई हेडक्वार्टरस्थित कल्याण महाशाखामा सरुवा गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयमा तुलबहादुर कार्कीलाई पदस्थापन गरिएको छ । कार्कीसहित ११ जना एसएसपीमा बढुवा भएका हुन् ।  बढुवा भएका कमल थापालाई मधेस प्रदेश प्रहरी कार्यालय, प्रविण धिताललाई बागमती प्रदेश प्रहरी कार्यालयमा, राकेश सिंहलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा, राजीव बस्नेतलाई नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत र दीपेन्द्र शाहीलाई नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरमा पदस्थापन गरिएको छ ।

प्रकाश रानाभाटलाई सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ भने ज्ञानेन्द्र फुयाँललाई कार्य विभागमा काज गरिएको छ । दीपक पोखरेललाई कोशी प्रदेश प्रहरी कार्यालय, दयानिधि ज्ञवालीलाई कार्य विभाग र केदार खनाललाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । 
गृहमन्त्री रमेश लेखकले आज बुधवार सरुवा र पदस्थापनको निर्णय गर्नुभएको हो । 


 

प्रतिकृया दिनुहोस