सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुुनो सोझ्याउने काम पुुष्पलालले कहिल्यै गर्नुभएन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी हुनुुहुन्थ्यो भन्दै समाज बदल्ने सपना बोकेकाहरुले उहाँका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिनुुभएको छ ।
नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७ औँ पुुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुुनो सोझ्याउने काम पुुष्पलालले कहिल्यै नगरेको स्पष्ट गर्नुभयो ।
“पुुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुुभयो । उहाँका केही सीमाहरु थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुुहुुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुुहुुन्थ्यो ।’’, अध्यक्ष ओलीले भन्नुुभयो, “जात र धर्मबाट उहाँ माथि हुनुुहुुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुुभएन । नेपालमा कम्युुनिष्टहरुको संगठनलाई गतिशीलरुपमा हाँक्न सक्ने नेता हुुनुुहुुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुुहुुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरुलाई बिर्सन मिल्दैन ।’’
विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । उहाँकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उहाँको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस