प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज(आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गर्नुभएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले खेत नजिकै नदी भए पनि सिँचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आह्वान गर्नुभयो । उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना काम गर्न स्थानीय तहलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
-रासस
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस