भगवान शिव चाम्लिङ पनि हुनसक्छन् - प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताउनुभएको छ ।
उहाँले सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएकाे हाे ।
शिवजीले खेलेका ओडारहरूलाई अहिले हलेसी भन्ने गरिएको बताउँदै प्रधानमन्त्रीले हलेसी भएको क्षेत्र चाम्लिङको थलो भएको र भगवान् शिव पनि चाम्लिङ हुनसक्ने दावी नगरि अनुमान समेत गर्नुभयो ।
‘शिवजीले खेलेका ओडारहरू जसलाई हलेसी भन्छौँ हामी । शिवजी चाम्लिङ थिए की क्या हो जस्तो लाग्छ कहिले काहीँ । त्यो चाम्लिङको थलो हो । हलेसी भनेको चाम्लिङको थलो हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘शिवजी चाम्लिङ पनि हुनसक्छन् । म दाबी गर्दिन त्यसमा, मेरो कुनै दाबी होइन । तर अनुमान हो । अथवा अरु पनि हुनसक्छ । पछि माइग्रेट अरु चिजले मिक्सअप भएको पनि हुनसक्छ । तर भेग त्यही हो ।’
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस