प्रधानमन्त्री केपी शर्मा ओलीका आजका मुख्य कार्यक्रमहरू : संसद सम्बोधनदेखि मन्त्रिपरिषद् बैठकसम्म
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न महत्वपूर्ण कार्यसूचीमा सक्रिय रहनुहुनेछ। प्रधानमन्त्रीको आजको कार्यतालिका राजनीतिक, प्रशासनिक तथा नीतिगत दृष्टिले विशेष ध्यानाकर्षण गर्ने खालका छन्।
दिउँसो १ बजे प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ। बैठकमा उहाँले हालै सम्पन्न स्पेन भ्रमणबारे जानकारी गराउनुहुनेछ।
त्यसपछि दिउँसो २स्१५ बजे ओली नेकपा ९एमाले० केन्द्रीय पर्यटन विभागद्वारा गौशालास्थित होटल वेस्टर्न प्लसमा आयोजना गरिएको ‘नेपालमा पर्यटन स् अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सहभागी हुनुहुनेछ।
त्यसपछि साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
-रासस


प्रतिकृया दिनुहोस