पशुपतिलाई अमरेश सिंहले २५ हजार रुपैयाँ दिने
काठमाडौं । अहिले चरम विवादमा परेका लोकगायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले आफंनो तलबबाट २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।
शर्माले गाएको लुट्न सके लुट कान्छा बोलको गीतमा अमर्यादिन शब्दावली राखिएको छ । सो गीत उनले यूट्यूब बाट हटाइसकेका छन् ।
‘त्यस्तो जनबोली गाउने गायकलाई मेरो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने घोषणा गर्न चाहन्छु’ सिंहले भने ।
सिंहले ब्यंग्य गर्दै भने- ‘दुईतिहाई सरकारका अगाडि त्यस्तो गीत गाउन पाइन्छ रु जनताको भावना व्यक्त गर्न पाइन्छ रु त्यस्तो गाउनेको मुखमा ताला लगाउनुपर्छ, सुन्नेको कानमा मर्करी या सीसा पगालेर राख्नुपर्छ ।'


प्रतिकृया दिनुहोस