संगठन विचार र सिद्धान्तले भरिएको झोला हो; संगठनमा लाग्ने सबै झोले हुन्
-विकास अधिकारी
काठमांडौं । सुन्दा र पढ्दा अचम्म लाग्छ सक्छ हँ संगठन झोला? हो, अवश्य संगठन झोला हो । र कुनै पनि संगठनमा लाग्ने मानिस झोले नै हो ।
अहिले नेकपा एमालेमा ‘झोले अभियान’ ले खुब स्थान पाएको छ । बहुसंख्यक नेकपा एमालेका नेता तथा कार्यकर्ताले आफ्नो सामाजिक सञ्जालमा ‘म झोले हो’ भनेर फोटो मिलाएर पोस्ट गरेका छन् । उनीहरूले किन त्यो गरे भनेर म उनीहरूको विचार त बुझ्न सक्दिन, तर मेरो विचारमा भने उनीहरूले जे गरेका छन् त्यो ठीक गरेका छन् ।
एमालेका नेता कार्यकर्ता मात्र झोले होइनन्, नेपाली कांग्रेसका नेता कार्यकर्ता पनि झोले हुन् । माओवादीका नेता कार्यकर्ता पनि झोले हुन् । रास्वपाका नेता कार्यकर्ता पनि झोले हुन् । राप्रपाका कार्यकर्ता पनि झोले हुन् । अहिले राजनीतिमा लाग्नेलाई त्यो पार्टीको झोले भनेर उच्चारण गर्ने चलन चलेकोले गर्दा मैले राजनीतिक पार्टीमा लाग्नेलाई झोले भनेको हो ।
यहाँ राजनीतिमात्र कुरा होइन । यहाँ कुनै पनि मानिस कुनै संगठनमा लाग्छ, कुनै संस्थामा लाग्छ भने ऊ त्यस संगठन वा संस्थाको झोले नै हो ।
किन झोले हो, बुझौं ।
संगठन वा कुनै पनि संस्था मानिस उत्पन्न भएजसरी उत्पन्न हुने होइनन् । संगठन वा संस्था कृत्रिम व्यक्ति हुन्, जुन प्राकृतिक व्यक्तिले जन्माएका हुन्छन् ।
जम्माएर, त्यो खाली संगठनमा विभिन्न व्यक्तिले विभिन्न विचारहरू भरेर भरिपूर्ण पारेको हुन्छ । जसरी हामीले खाली झोलामा बजार गएपछि विभिन्न सामान भरेर झोला भरिन्छ ।
यसरी विभिन्न विचारले भरिएको संगठनमा जो मानिस त्यो विचारलाई आत्मसात् गर्दै सो संगठनमा लाग्छ भने त्यो झोले नै हो ।
अवश्य त्यो झोले नै हो ।
अहिले नेकपा एमालेका नेता तथा कार्यकर्ताले ‘म झोले हो’ भनेर अभियान नै चलाएका छन् ।
अहिले नेपालमा नेकपा एमाले उत्कृष्ट संगठन हो । सो संगठनका आफ्नै मूल्य मान्यता छन् । सो संगठनको आफ्नै विचार छ, सिद्धान्त छ । सो मूल्य मान्यता, विचार, सिद्धान्तलाई पछ्याउने नेपालमा धेरै छन् । कोही एमाले संगठनको झोलामा विचार राखिदिन्छन् ताकि संगठन अझै बलियो होस्, अमर रहोस् । कोही सोही संगठनको विचार, सिद्धान्त, मूल्य मान्यतालाई आत्मसात् गरेर हिँड्छन् । हो, उनीहरू झोले नै हुन् ।
जो कोही झोले हुन सक्दैन?
अवश्य, जो कोही झोले हुन सक्दैनन् । झोले हुन पनि संगठनप्रति, संस्था प्रति वफादार हुनु पर्छ । त्याग हुनु पर्छ । विश्वास हुनुपर्छ । अनि मात्र झोले हुन सकिन्छ । अनि मात्र संगठन वा संस्थाको झोला बोक्न पाइन्छ । जसरी एक विद्यार्थीले विद्यार्थी भएर झोला बोक्छ । उसले त्यो झोला विद्यार्थी भएर मात्र वोकेको हुन्छ । विद्यार्थीको पनि आफ्नै मूल्य मान्यता हुन्छ । जुन कक्षाको विद्यार्थी हो, सोही कक्षाको मात्र त्यो विद्यार्थीले झोलामा किताब हाल्नु पर्छ, अनि मात्र ऊ एक असल विद्यार्थी हुन्छ । आफ्नो अनुशासनमा बसेर जुन किताबको झोला बोक्नु पर्छ, त्यो झोला बोक्दा मात्र ऊ सफल विद्यार्थी हुन्छ । त्यसैले, झोले हुन पनि मूल्य मान्यता चाहिन्छ । अनुशासनमा बस्नु पर्छ ।
नेकपा एमालेको कार्यकर्ता भएर नेपाली कांग्रेसको झोला बोकेर ऊ उत्कृष्ट झोले बन्न सक्दैन । नेपाली कांग्रेसको कार्यकर्ता भएर ऊ नेकपा एमालेको झोले बन्न सक्दैन । त्यसैगरी माओवादीको कार्यकर्ता भएर रास्वपाको झोले हुँ भनेर मात्र ऊ झोले हुन सक्दैन । जसरी विद्यार्थी जुन कक्षामा जाने हो, सोही कक्षाको झोला भिरे मात्र एक असल विद्यार्थी बन्न सक्छ, त्यसैगरी जुन मानिस कार्यकर्ता जुन संगठनमा लागेका छन्, उसैको झोला बोक्दा मात्र उसले जित्छ । उसले सफलता हासिल गर्न सक्छ अनि देशले सफलता प्राप्त गर्न सक्छ ।
कोही व्यक्ति कुनै संघ÷संगठनमा जागिर खान्छ भने उसले सो संगठनको झोलामा भएको नीति नियम पालना गर्दैन भने ऊ पनि उभो लाग्दैन र संघ÷संगठन पनि उभो लाग्दैन ।
सोही कारण पनि, यदि कोही संगठनमा लाग्छ भने, संगठन उसको लागि झोला नै हो र उसले त्यो झोला राम्रोसँग भिरेर झोले नै बन्नु पर्छ ।
एमालेको हकमा
एमालेको झोला पनि मदन भण्डारीको विचारले भरिएको छ । जनताको बहुदलीय जनवादले भरिएको छ । पुष्पलालको विचारले भरिएको छ । मनमोहन अधिकारीको विचारले भरिएको छ । केपी ओलीको विचारले भरिएको छ । शंकर पोखरेल, ईश्वर पोखरेल, विष्णु पौडेललगायत विभिन्न विद्वानहरूको विचारले भरिएको छ । विभिन्न विद्वानहरूको देश विकासको खाकाले भरिएको छ । देशमा शान्ति बलियो बनाउने भन्ने विचारले भरिएको छ । नेपालमा औद्योगिकीकरण कसरी गर्ने भन्ने विचारले भरिएको छ । जनतालाई न्याय कसरी दिने भन्ने विचारले भरिएको छ । त्यो विभिन्न विद्वानहरूको विचारले भरिएको झोला बोकेर हिँड्नु झोले न भएर के हो त? त्यही भएर म भन्छु अवश्य झोले नै हो ।
विभिन्न व्यक्तिले ‘म झोले हो’ भनेर फोटो सामाजिक सञ्जालमा राखेका छन् । ‘म झोले हो’ भन्दा अलिकति तल लेखिएको छ – ‘एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’। अहिले एमालेमा यस्तो सिद्धान्तलाई शिरोपरि गरेर हिँड्नु भनेको एमालेको झोले नै बन्नु हो ।
केपी ओली पनि झोले
केपी ओली आफैले ‘म झोले हो’ भनेर सामाजिक सञ्जालमा भन्नुभएको छ । त्यसै पनि उहाँ झोले भन्ने सबैले बुझ्नुभएको होला । एमाले कार्यकर्तालाई केपी ओलीको झोले भनेर संवोधन गर्दा प्रधानमन्त्री आफैले म झोले हो भनेर भन्दा अचम्म धेरैलाई अचम्म लागेको होला ।
केपी शर्मा ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँ नेकपा एमालेको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बन्नुभएको हो ।
प्रधानमन्त्री ओली आफैले ‘म झोले हो’ भनेर भनेको र आमले खिसी गरेको कुरा छर्लङ्ग छ । म भन्छु, केपी शर्मा ओली आफैमा पनि एमालेको झोले हो । उहाँ पनि एमाले संगठनको भरिएको झोला बोकेर हिँडेर आज प्रधानमन्त्री बन्नुभएको हो । उहाँले पनि पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीजस्ता नेताहरूको विचारले भरिएको झोला बोकेरै आज प्रधानमन्त्रीसम्म पुग्नु भएको हो । उहाँहरुकै विचार भएको झोला बोक्दा देशले गुमाएको भूभाग प्राप्त भएको हो । उहाँहरुकै विचारको झोला बोक्दा देशले चर्को नाकाबन्दीको दृढताकासाथ सामना गरेर देशमा छुट्टै राष्ट्रिय भाव झल्किएको थियो । उहाँहरुकै विचारको झोला प्रधानमन्त्रीले बोकेर आज देशमा जे जति विकासमा चमत्कार भएको छ, त्यो भएको हो । त्यसैले, केपी ओली एक नम्बरको झोले हो ।


प्रतिकृया दिनुहोस