बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छः अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताउनुभएको छ ।
“स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं । बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गरेको छ, बजेट वक्तव्यपछि संक्षिप्त प्रतिकृया दिँदै अर्थमन्त्री पौडेलले भन्नुभयो, “विगतका कमजोरीहरुलाई दोहोरिन नदिने र अर्थतन्त्रका चुनौतीहरु सामना गर्ने गरी बजेट प्रस्तुत भएको छ ।”
अर्थमन्त्री पौडेलका अनुसार बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशिलता र रोजगारी वृद्धिमा जोड दिएको छ । विनियोजन कुशलतातर्फ अभिमुख भएको छ । सीमित स्रोतलाई अत्यधिक प्रतिफलयुक्त कार्यक्रम र आयोजनामा विनियोजन गरिएको छ ।
“बजेटले उत्पादनका सबै क्षेत्रको मनोबल बढाउनेछ । निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्नेछ । स्टार्टअप, युवा, उद्यमीहरुलाई प्रोत्साहित गर्नेछ”, अर्थमन्त्री पौडेलले भन्नुभयो । उहाँले सबै पक्षको साथ, सहयोग, सहकार्य र समर्थनमा बजेट कार्यान्वयन गर्ने बताउनुभयो ।
–रासस
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस