इरानमा विष्फोनट : १८ बढीको ज्यान गयो, ८ सय जना बढी घाइते
काठमाडौं । इरानको एक बन्दरगाहमा भएको विष्फोटनमा परी १८ जना बढीको ज्यान गएको छ ।
इरानको सबैभन्दा ठुलो व्यापारिक बन्दरगाहमा भएको विष्फोटमा अन्य ८ सय जना घाइते भएका छन् । होर्मुज जलडमरुमध्य नजिकै दक्षिणी इरानको शहीद रजाई बन्दरगाहमा शनिबार विस्फोट भएको थियो ।
बन्दरगाहको भन्सार कार्यालयले राज्य टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ । मिसाइलका लागि ठोस इन्धनको एक प्रमुख सामग्री सोडियम पक्र्लोरेटका कारण विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ ।
इरानी राज्य टेलिभिजनले आइतबार १८ जना मारिएको र ८ सय घाइते भएको अद्यावधिक तथ्याङ्क दिएको छ । घटनास्थलबाट लाइभ फुटेजमा अझै पनि बाक्लो कालो धुवाँ देखिन्छ । विष्फोट शनिबार भएको हो ।
स्थानीय आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै सरकारी टेलिभिजनले सयौँलाई नजिकका मेडिकल सेन्टरहरूमा स्थानान्तरण गरिएको जनाएको छ । प्रान्तीय रक्त प्रतिस्थापन केन्द्रले दानका लागि आह्वान गरेको छ ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियनले घातक विस्फोटका पीडितहरूप्रति सहानुभूति व्यक्त गर्दै स्थिति र कारणहरूको अनुसन्धान गर्न आदेश जारी गरेको बताउनुभयो ।


प्रतिकृया दिनुहोस