• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नुन्ढाकीमा वडा स्तरीय पुरुष फुटबल  प्रतियोगिता हुने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

-किरण लिम्बू 

संखुवासभाको चैनपुर  नगरपालिका–१ नुनढाकी स्थित मिल्के जनउत्थान मञ्चको आयोजनामा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको  छ ।


विगतका वर्षजस्तै यस पटक पनि मिल्के जनउत्थान मञ्चको  आयोजनामा चैनपुर नगरपालिका -१ नुन्ढाकी तातोपानी खेलमैदानमा  पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको हुने  भएको हो । आगामी चैत ३० गतेबाट  प्रतियोगिता शुरु भई २०८२ वैशाख १ गते समापन हुने आयोजक मिल्के जनउत्थान मञ्चले जानकारी दिए । पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएकाले जिल्लाभित्र र बाहिरका दुई दर्जन हाराहारी टिमले सहभागीता जनाउने बताए ।


उक्त  फुटबल प्रतियोगितामा प्रथम पुरस्कार रू बीस हजार ट्रफि,  मेडल र प्रमाण पत्र  रहेको छ भने द्वितीय पुरस्कार रू दश हजार  ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ भने उत्कृष्ट खेलाडीलाई प्रोत्साहन स्वरूप उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस