घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
पेट्रोलमा प्रतिलिटर ५ रुपैँयाले मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ ।
आज राति १२ बजेदेखि लागु हुने गरी निगमले मूल्य समायोजन गर्न लागेको हो ।
नयाँ मूल्य समायोजन अनुसार पेट्रोल पहिलो वर्गका स्थानमा १ सय ६० रुपैँया ५० पैसामा पाइने भएको छ । त्यस्तै दोस्रो वर्गका स्थानमा १ सय ६२ र तेस्रो वर्गका स्थानमा १ सय ६३ रुपैँया प्रतिलिटर पर्ने भएको छ ।
यसै गरी डिजेल र मट्टितेल पहिलो वर्गमा १ सय ४८ रुपैँया ५० पैसा, दोस्रोमा १ सय ५० र तेस्रोमा १ सय ५१ रुपैँया मूल्य तोकिएको छ ।
.jpg)


प्रतिकृया दिनुहोस