• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला चार हजारले बढ्यो

समाचार

समाचार

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला  चार हजार रुपैयाँले बढेर  एक लाख ७४ हजार पाँच सय  रुपैयाँ कायम भएको छ । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला  एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला  दुई हजार ५० रुपैयाँ कायम भएको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारण भन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताउनुभयो । 'अमेरिकी डलरको मूल्यवृद्धि, अन्तरराष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको हो । अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा स्थानीय बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको हो', उहाँले रासससँग भन्नुभयो ।

अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस दुई हजार ९८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । 
–रासस

प्रतिकृया दिनुहोस