महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै
काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङसँग खेल्दै छ ।
खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ ।
युगाण्डा क्रिकेट एशोसियसनको आयोजनामा भइरहेको सिरिजमा दुवै टोली दोस्रो जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने छन् ।
यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एकमा जीत र एकमा हार बेहोरेको छ । हङकङले पनि २ खेलमा एकमा जीत र एकमा हार बेहोरेको छ ।
नेपालले अर्को खेल फागुन २८ गते, नामिबिया, फागुन २९ मा युगाण्डा र चैत १ गते हङकङसँग खेल्ने तालिका रहेको छ ।


प्रतिकृया दिनुहोस