मेची भन्सारले उठायो आठ अर्ब ८४ करोड राजस्व
भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार रुपौयाँ राजस्व सङ्कलन गरेको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा नौ अर्ब ६० करोड ९२ लाख १५ हजार रुपौयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । गत आव २०८०/८१ को सोही अवधिमा राजस्व आठ अर्ब ९० करोड सात लाख ६७ हजार रुपौयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो ।
चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट पाँच अर्ब २८ करोड १४ लाख २२ हजार रुपौयाँ राजस्व सङ्कलन भएको छ । यसैगरी तरकारीको आयतबाट ४४ करोड २५ लाख ४२ हजार रुपौयाँ , यातायातका साधन र तिनका पाटपुर्जाबाट २४ करोड ७५ लाख ९१ हजार रुपौयाँ , दलहनबाट १५ करोड ९६ लाख ८५ हजार रुपौयाँ , खनिज उत्पादनबाट १५ करोड ७३ लाख २५ हजार रुपौयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी कँडेलले जानकारी दिनुभयो ।
चालु आवको सात महिनामा १६ अर्ब चार करोड ४८ लाख ६३ हजार रुपौयाँ बराबरको वस्तु निर्यात हुँदा नौ करोड २२ लाख २९ हजार रुपौयाँ र २७ अर्ब ३४ करोड ५३ लाख ८१ हजार रुपौयाँ बराबरको वस्तु आयात गरिँदा आठ अर्ब ७५ करोड ६४ लाख ६३ हजार रुपौयाँ राजस्व सङ्कलन भएको छ ।
–रासस


प्रतिकृया दिनुहोस