कमलामाई नगर राष्ट्रपति रनिङ सिल्डको उपाधि गौमती माविलाई
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
कमलामाई नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा गौमती मावि प्रथम भएको छ । प्रतियोगितामा कमलामाई नगरपालिका भरिका सरकारी तथा संस्थागत गरी ३६ वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सिद्वस्थली इङ्लिस बोर्डिङ स्कुलले दोस्रो र शिखर मावि मरिण बेलटार तेस्रो भएका छन् ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिता कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोकविक्रम थापाको अध्यक्षतामा भएको थियो । कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला स्थित खेलकुद विधाका अध्यक्षहरू, खेल विधाका एम्पायरहरु, सहभागी विद्यालयका प्रअ तथा खेलकुद शिक्षक प्रतिनिधिहरू, सिन्धुली जिल्ला स्थित पालिका खेलकुद विकास समितिका अध्यक्षहरू, नगर खेलकुद विकास समितिका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।


प्रतिकृया दिनुहोस